Showing posts with label मेरा लेखहरु. Show all posts
Showing posts with label मेरा लेखहरु. Show all posts

२०७३ असार २१ गतेको कार्यक्रम 'नमेटिने याद' को सुरुवाती स्कृप्ट.....

दिन आउँछ अनी, फेरी रात पर्छ ।
जुन हेर्दै आँखाबाट, आँशु झर्छ ।।
कसैलाई पाउँछु भन्ने, झुठो सपना...
मन भित्रै घाँटी, निमोठेर मर्छ ।।।

((जब दिनले साँझलाई पाउँछ, अनी साँझ मिलनमा रमाउँछ...................स्वर : स्वरुपराज आचार्य))

समय आफ्नै गतिमा चलिरहेछ, मेरो रफ्तार जिन्दगीको त्यही समयको पछि पछि बेसुर अनी बेतालमा दौडिरहेछ । म सज्जन हुँ या पागल हुँ यति सम्म पनि छुट्याउन अझै सकेको छैन मैले । मलाई जन्मदेखी जानीरहेका मान्छेहरुको नजरमा म पागल हुँ । उनीहरु मलाई भन्छन्– ‘ए लफङ्गा किन फोकटमा समय खेर फाल्छस्, गलत बाटोमा नहिड्, सहि बाटोमा हिड्न सिक्, अब तेरो सिङ आउदैन–जुर्रो आउदैन ।’ यिनै डाइलगहरु सुन्दा सुन्दै म धेरैपटक पाकेको छु– आगोको तापले तरकारी पाकेजस्तै । अनी धेरै पटक तातेको छु– घामको किरणले जमिन तातेजस्तै । म एकैछिन तातेर सेलाउने कुकरको पिँधजस्तो भइन, म त एकपटक तातेपछि कति हो कति समय सम्म तातै रहने ताप्केको बिँडजस्तो भइदिएँ, अनी यही तापको प्रयोगले अरुको दिमागपनि मज्जासँग तताइदिएँ– हो यसरी नै अघि बढिरहेँ म ।

मलाई जन्मेदखी चिन्दै आएका मान्छेहरुको अगाडी म लफङ्गो भएपनि, जिन्दगीको यात्रामा पहिलो पटक भेटिएका मान्छेहरुले भने मेरो आवाजको खुब्बै प्रशंसा गरे– तर त्यो पनि सुरुवातमा मात्र । सुरु सुरुमा मेरो आवाज सुनेर कहिलै नथाक्ने मान्छेहरु, आजभोली मेरो आवाज सुन्दा दिक्क लागेर रेडियो बर्टाछन्, पन्छिएर हिड्छन् । लौ यस्तै रहेछ जिन्दगी, मान्छे हरेक पटक नयाँ नयाँ मोडलका मोबाइल फेर्न तम्सीए जस्तै नयाँ नयाँ डिजाइनका मान्छे फेर्न पनि बहुत तम्सीदो रहेछ । यो कस्तो लिला हो । हिजो होसमा ल्यानेहरु आज बेहोस बनाउन खोज्दै छन्, यहाँ कसलाई के मतलब बेहोस अनी होसको ।

मनभित्र गुम्सीएका तिता अनी सत्य यथार्थहरु चलचित्रको पर्दामा झै एकपछि अर्को गर्दै मेरो जिवनको पर्दामा देखा पर्दैछन्, म थाम्न सक्दिन त्यो अदभुत पिडा, अनी नर्कान पनि सक्दिन । भरखर जन्मीएको बालकझै चुप्प लागेर हेर्नु सिवाय मैले केही गर्न सक्दिन । कुनै दिन मेरो गाउँले साथीले भनेको ‘एक्लो ज्यान, जहाँ मर्यो त्यही च्यान’ भन्ने डाइलग नै आज साथी बन्दै छ मेरो । जन्मेपछि एक न एकदिन चिहानमा त जानैपर्छ नी, समयको चक्रबिउले मान्छेलाई कहाँ देखी कहाँ पुराउदो रहेछ– पुर्पुरो समात्दै सोच्न बाध्य भएको छु म । सानोमा हातमा भएको घडि व्याट्रि सकिएर बन्द हुदाँ, लौ समय पनि रोकियो भन्दै बहुतै खुसी हुन्थे म । जाबो समय भनेको के हो र ? एउटा सेकेण्ड सुई, मिनेट सुई र घण्टा सुई त हो । त्यो मध्येपनि मिनेट सुई र घण्टा सुई त चलेको पत्तो समेत हुदैन । हो यसैगरि समय नचलेको खुसीयालीमा मैले धेरै पार्टी मनाएँ, धेरै जन्मदिनका उत्सबहरु मनाएँ । तर आज म पछाडी फर्केर हेर्न मात्र सक्छु– पछाडी फर्केर दर्गुन सक्दिन । सायद समयको पाबर भनेको यही होला............

जिन्दगी ठ्याक्कै आधी, बाटो भएको छ ।
मुटुमा यादहरुको, टाटो भएको छ ।
मेरै अगाडी मान्छे, खित्का छोडर हाँस्छन्...
कठै मेरो भाग्य त, लाटो भएको छ ।।

((आधी बाटो तिमी आउनु, आधी बाटो म आउला.......................))

जिन्दगीमा आधीबाटो हिड्ने रहर मलाई थिएन । तरपनि यो दुनियाँले पुरै बाटो हिड्न दिएन । रह्यो आधा जिन्दगी, म हाँसेर जिउँ कि जिएर हाँसु । हाँसेर जिउँछु भन्छु कतै हाँस्ने अबसर पनि भेट्टाउन्न । जनतन सियोको मुन्टाजती खुसी भेट्टाउँछु त्यसैलाई नै ठूलो पहाड बनाएर फिस्स हाँस्दै फेरी सदाका लागि हाँस्नै बिर्सिन्छु । सायद यो खुसी भन्ने चिजको पनि किमत तोकेको भए– मरिजाम कोही कसैको अगाडी खुसी हुनको लागि भएपनि यो ज्यान बन्दकी राखेर खुसी किन्थेँ होला । तर यो खुसी भन्ने जिनिश, न त प्रेम गरेर पाइदो रहेछ, न त बिबाह गरेर पाइदो रहेछ, न त लोक सेवाको परिक्षा पास गरेर पाइने रहेछ ।
.
हे प्रभु, कति महङ्गो रहेछ यो, जसको एक क्षण पाउनको लागि दुखका सयौ क्षण बिताउनु पर्दो रहेछ, आँशुका सयौ धाराहरु बगाउनु पर्दो रहेछ । सबै सकियो अब, मन रहेन अनी मान रहेन, परिचय बदलियो–दुनियाँको हेराई फरक भयो तर अझै मेरो सपनाहरु चाँही उस्तै रहे । न कहिलै थाके न कहिलै बुढा भए, बरु कपाल फुलेपनि दारी फुलेपनि दस बर्ष अगाडी देखेका सपनाहरु मन भित्र उस्तै रहे–उत्रै रहे । यि सपनाहरु कहिले आँखा चिम्लीदा देखा परे कहिले आँखा खोल्दा देखा परे ।

सबैको जस्तै आकाशका ताराहरु झै अनगिन्ती आफन्तहरु अनी साथीहरु थिए मेरा पनि तर म रोएको देख्ने आकाशको एउटा जुन अनी आँशु पुछ्ने यि दुईओटा हात बाहेक अरु म सँग कोही थिएन । मैले यि दुवैलाई आफ्नो साथी मानेँ । आँशु दुख खेप्न सक्दैन, हात आँखाबाट आँशु झरेको हेर्न सक्दैन । सायद त्यसैले पनि जिन्दगीका धेरै कार्यकालहरु यही आँशुलाई सारथी बनाइ गुजारेको छु मैले । यहाँ हर कोही आफ्नो हुँ भनेर नजिक हुन्छ, तर कोही पनि म पराइ हुँ भनेर टाढा जाँदैन । आफ्नो र पराइलाई स्वतह चिनिन्छ नी, हेर कति मुर्ख है मान्छे, पराइ भएर पनि आफ्नो भएको आभाष गराउँछ यसले ।

मैले यहाँसम्म आइपुग्दा सबथोक भेट्टाएँ तर आँशु थुन्ने साधन भेट्टाइन । मान्छेहरु धेरैले भने जिन्दगीमा खुसी भइयो भने आँशु थुन्न सकिन्छ । यो बाक्यलाई मनन गर्दै खुसी हुने प्रयत्न पनि बहुत गरेँ मैले, तर खुसी हुँदा पनि बर बर आँशु झरेको देखेपछि आँशु थुन्ने साधन नभएको हेक्का गरेथेँ म । एकपल्ट घोरिएँ, पैसाले पो थुन्न सक्छ कि आँशु भनेर, तर नेपालका धनी मध्येका एक बिनोद चौधरी पनि एकान्तमा बेला बेलामा रोइरहन्छन् भन्ने समाचार सुनेपछि म पुर्ण रुपमा बिश्वस्थ भए, आँशु थुन्ने साधन केही पनि रहेनछ भन्ने कुरामा.......

अधेरी रातपनि कहिलकाँही, रोइदिन्छ अरे ।
पिडाले मन मुटु, छोइदिन्छ अरे ।।
जब आँखाबाट, तर्र आँशु झर्छ नी...
त्यहीबेला आँशु र हातको मिलन, भइदिन्छ अरे ।।

((अधेरी रातले जुनी, निल्नु अगाडी आउनु..........................))

२०७३ असार १४ गतेको कार्यक्रम 'नमेटिने याद' को सुरुवाती स्कृप्ट....

आकाशबाट झम झम, पानी परिरहन्छ ।
पानी सँगै दर दरी, आँशु झरिरहन्छ ।।
कसैको सम्झनाले, खुब्बै सताउँछ...
मनले सधै यही, गुनासो गरिरहन्छ ।।

((असारे महिनामा पानी पर्यो रुझाउँने............................))

मन उजाडिएपछि हरियाली बन हेर्नुको आनन्दबाट पनि बञ्चीत भइदो रहेछ, यो दुनियाँले–प्रकृतिले प्रस्तुत गर्ने संवेक त आफैबाट पो निर्धारण हुदो रहेछ । आँखाले मात्र देखिन्छ जस्तो लाग्थ्यो– यो दुनियाँ कुनै दिन । मनलाई आँखा बनाएर हेर्नुमा आनन्द भन्दा पनि झन धेरै आनन्द हुदो रहेछ, झन धेरै चल्दो रहेछ खुसीको बतास । असारे महिनाको यो झरी, यही झरीले कुनै दिन मनका सबै पिडा पखालेझै लाग्थ्यो, तर आजभोली बहुत शंका लाग्छ– हिजोका आँखा र आजका मेरो आँखा एउटै हुन कि होइनन् भन्ने बिषयमा । हिजो जसलाई राम्रो देख्थे आज उसैलाई नराम्रो देख्छु । हिजो जो सँग खुलेर रमाउथे आज त्यही मान्छेसँग रमाउन सक्दिन म ।

सानोमा एउटा सानो पिडा पर्दा बुबासँग गएर खुब्बै रुने मान्छे म, तर आज समय यसरी परिवर्तन भएको छ– आज कसैसँग पनि बसेर ढुक्कसँग रुन सक्दिन म, आफ्नो पिडा, आफ्नो व्यथा ढुक्कसँग कसैलाई पनि सुनाउन सक्दिन म । सायद समयको पावर भनेको यही होला, मान्छेहरु समयलाई किन्छु भनेर चेतावनी दिन्छन् तर १ रुपैया भुँइमा खसेपछि त्यसलाई टिप्ने समय पनि फिर्ता आउदैन भन्ने कुराको चेत मलाई आजभोली हुदैछ ।

मैले यति महङ्गो समयलाई यति सस्तोसँग खेर फालेँ– त्यती सस्तोसँग मैले कपाल फालिन, दारी फालिन । कपाल फाल्नको लागि पनि ५० रुपैया तिर्नुपर्छ, दारी फाल्नको लागि पनि ३० रुपैया तिर्नुपर्छ । तर मैले कति हो कति बहुमुल्य समयलाई सित्तैमा खेर फालिदिएँ, कहिलै चाहिदैन जस्तो गरेँ । यसको सजायँ म अबश्य भोग्छु । यही समयद्धारा नै म एकदिन बेइजेतीको पात्र हुनेछु, हुतिहारा हुनेछु, काम नलाग्ने लफङ्गो हुने छु । र त्यतिखेर मेरो दिमागको बिर्को बल्ल खुल्ने छ, मैले फोकटमा खेर फालेका एक एक सेकेण्डहरुले ड्याम ड्याम ति लठ्ठीलेझै पिट्ने छन् मलाई । म थैय भन्दै पुर्पुरो समात्दै बस्ने छु ।

बास्तममा जिवनको परिभाषा त आफैबाट पो निर्माण हुदो रहेछ, हिजो के बोल्थे आज जिवनको बिषयमा म अर्कै बोल्छु र सायद भोली अर्कै बोल्ने समय पनि नआउला भन्न सकिन्न । समयअनुसार लक्ष्यमा पनि परिवर्तन हुदै गयो– सानोको लक्ष्य थियो गुच्छा खेल्ने, कसैसँगबाट एउटा गुच्छा जित्दा खुसिले भोक लाग्दैनथ्यो । अलि ठूलो भएपछि लक्ष्यमा परिवर्तन आयो, त्यतिखेरको लक्ष्य थियो– कसरी स्कूलबाट भागेर साथीहरुसँग क्यारम बोर्ड खेल्न जाने । अझै ठूलो भएँ फेरी लक्ष्य बदलियो– कसरी प्रेम सम्बन्ध गाँस्ने, अरुका प्रेम देख्दा चकित थिएँ म । त्यसैले पनि बहुत रहर लाग्थ्यो प्रेम गर्न । र यो लक्ष्य पनि आज बदलिएको छ, सायद समय अनुसार परिवर्तन हुदै छु म..........

च्यातिएको मुटुलाई, सिएर रुन्छु ।
नुनिलो आँशुको स्वाद, पिएर रुन्छु ।।
मुटुभित्र धड्किने, धड्कन कहाँ छ होला...
मरिगए भेट्दिन, सम्झीएर रुन्छु ।।

((मनै बराल्ने न्याउलको बोली, यती बेला मैच्याङ के गर्दै होली......................))

जिवनमा जिवनको अनुभव भन्दा पनि मृत्युको अनुभव बढि हुदो रहेछ । यही अवसरसँग साटिरहेछु म आफ्नो आयु । असारे महिनामा आकाश रोएजस्तै रुदैछन् मेरा आँखाहरु पनि । आँखाहरुको मुलबाट कुलो बनाइ मुखको व्याड भिजाउँन आइपुग्छन् आँशुहरु । म दुवाली थुनेझै बिचैमा रोक्न खोज्छु आँशुलाई, तर अह मेरो केही सिप लाग्दैन । आँखाबाट आँशु आइ माथी शिरतिर जाने भए त्यही महत्व हुदैनथ्यो होला यसको, जती महत्व तप्प चुहिएर गालामा डोब बसाउदै बसाउदै, मुखलाई नुनिलो स्वाद चखाउदै भुँइमा खस्छ यो र बिलाउछ एकैछिनमा, मान्छे त्यही आफू रुदा भिजेको जमिन सम्झीन्छ, कोलाहल मच्चाउँछ, जोडले चिच्याउँछ ।

यसरी नै असारे महिनामा खेतमा रोपाइमा गरेजस्तै, आफ्नै आँशुहरुको सिँचाइबाट मनलाई सिथिल बनाउदैछु म । पलपल आफूलाई मृत अनुभव गरेर बाँचिरहनुमा पनि बढो अचम्म लाग्दो रैछ । कसैका भरौटे सपनाहरुले दिमागमा टुटुल्को उठाउँछन्, मन खिन्न भइदिन्छ अनि फेरी बग्न थाल्छ आँखाबाट तातो आँशु । जुन चिज बग्न त गालाबाट बग्छ, तर पोल्न चाँही सिधै मनमा पोल्छ चसक्क चसक्क पोल्छ । यस्तै यस्तै दुखेसो पोख्दै धेरै मान्छेहरु रुन्छन्, कति टाढैबाट हेरेर रुन्छन्– कति छातीमै टाँसिएर रुन्छन् । छातीमै टाँसिएर तातो आँशु बगाउँछन्, त्यही तातो आँशु सम्झाइरहन्छ हरेक पटकको असारे झरीले ।

आजपनि मलाई बच्चाजस्तै उसैगरि रुन मन लाग्छ । तर अब त्यस्तो अवसर कहाँ पाउँनु र, कसैले भनेको फिटिक्कै नमान्ने मान्छे म, त्यो दिन तिम्रा हरेक कुरामा स्वीकारुक्ती जनाएकोथेँ मैले । मलाई थाहा छ, त्यसदिन तिमीभन्दा बढि तिम्रा आँशुहरु बोलिरहेका थिएँ । आँशुसँग बगीरहेकी तिमीलाई आँशुकै तलाउमा डुबाउन पटक्कै मन लागेन मलाई । त्यसैले पनि चिच्चाएर रुने आट म मा आएन, त्यसो त हाम्रो समाजले पुरुषलाई खुलेर रुने छुट कहाँ नै दिएको छ र ? त्यसदिन थोरै प्रमी र धेरै साथी बनोर सम्झाएको थिएँ मैले । बाध्यताको जेल भित्र कैदी थिएँ म, आँशुहरु पनि थन्काएर तिम्रो अघि उपस्थित भएको थिएँ, तिनै शब्दहरुको बलले नै तागत भरिएको थियो होला तिमीमा । कहिल्यै माया नमार्ने शर्तमा सम्झौतामा छुटिएका थियौँ हामी । पृथ्वीको घुमाइ चक्रसँगै हामी यस्तो मोडमा भेटियौँ– आज हामी एकले अर्कोलाई चिन्दैनौ, बढो कहाली लागेर आउँछ यो क्षणको । म पुरानै मान्छे भएपनि तिम्रोलागि नौलो भएँ, अनी तिमी मेरोलागि सधै पराइ भइरह्यौँ । प्रेमलाई बलियो हरियार बनाएका हामी यही असारमा पानी परेजस्तै एकैपछिनको लागि क्षणिक खुसी दिएर टन्टलापुर घाममा सेकाइरह्यो । सायद यो कथा मेरो मात्रै होइन, तँपाइको पनि बन्न सक्छ.......

बाबु छोराको एउटै, साथ छैन हजुर ।
उनीहरुले समाउने, हात छैन हजुर ।।
हे भगवान तैलेँ, कति अत्याचार गर्छस्...
आँखा चिम्लेको कुनै, रात छैन हजुर ।।

((छङ छङ बग्ने खहरे खोला, अब त छोरा कुद्ने भो होला.................))

२०७३ जेठ २५ गतेको कार्यक्रम नमेटिने यादको सुरुवाती स्कृप्ट....

आउँछन् एकदिन, ढाँटेर जान्छन् ।
हात समाउदै नेटो, काटेर जान्छन् ।।
यता कसैलाई आश्वासन दिएर...
अर्कैसँग मुटु, साटेर जान्छन् ।।

((ढाँटी ढाँटी बैगुनीले, यति धेरै ढाँटी..........स्वर– मनोज राज))

छल्ने र ढाट्ने कुराको अधिकतम प्रयोग भइदियो सम्बन्धमा । यो माया भन्ने चिज कुन चाँही भाइरस हो फिटिक्कै ठम्याउन सकिन मैले । मैले धेरै प्राणघातक रोगको बारेमा पढेँ अनी सुने पनि । एच.आई.भि एड्स, क्यान्सर, इबोला भाइरस, जिका भाइरस यस्ता धेरै रोगहरु छन् जले एकपटक लागेपछि मान्छेको प्राण लिएरै छोड्छन् । आज सोच्दै छु यि रोगहरुको लिस्टम किन प्रेमलाई समावेश गरिएन होला । माथीका रोगहरुले त संक्रमण गर्दा मात्रै दुख दिन्छन्, तर प्रेममा त सम्बन्धमा रहदा पनि टेन्सन, अनी छुटेर जाँदा पनि टेन्सन । स्कुले जिबनमा स्वास्थ्य बिषयमा एउटा प्रश्न आउँथ्यो– ‘प्राण घातक रोग भएको के हो ? कुनै एकको बर्णन गर भन्दै । अनी म खुब्बै आनन्दले एच.आई.भि एड्सको बर्णन गरिदिन्थे र अहिले पनि यही प्रश्नको उत्तर लेख्ने मौका पाउने हो भने सबैभन्दा प्राण घातक सरुवा रोग त प्रेम पो रहेछ भन्दै आफ्ना तर्कहरु राख्थे होला ।

कसैको गलफ्रेन्ड, ब्वाइफ्रेन्ड अथवा कसैको प्रेम देख्दा बित्तिकै त्यो मान्छेलाई प्रेम भन्ने सरुवा रोगले समातिसक्दो रहेछ । अनी भोली देखी आफू पनि उसले जस्तै प्रेम गर्ने रहर बोकेर चोक तिर निस्कन्छ । निस्किनु भन्दा अगाडी २÷४ पटक ऐना हेर्छ, जुल्पी लर्काएर कपाल कोर्छ, मुखमा पाउडर र क्रिम दल्छ, कपडामा दुई चार पटक सेन्ट छर्किन्छ– अनी ऐना हेर्दै आफूलाई संसारकै राम्रो व्यक्तिको लिस्टमा राख्छ अनी खुब्बै गर्भका साथ चोकमा पुग्छ, कलेजमा पुग्छ, रेस्टुरेन्ट एण्ड बारमा पुग्छ । उसले त्यहाँ पुगीसकेपछि कसैले म तिर आँखा लगाइदिए हुन्थ्यो भन्दै भगवानसँग मनमनै प्राथाना गरिरहन्छ ।

उसलाई जसरी पनि प्रेम गर्नु छ– उसका दुई चार जना साथीहरुलाई देखाउनको लागि, तर त्यो दिन उसलाई कसैले हेर्दैनन्–बाल गन्दैनन् । अरुका प्रेमी प्रेमीकाको रमिता देखेर उ निरास हुदै कोठामा फर्किन्छ । उसका बा–आमाले उसलाई पढ्नको लागि शहर पठाएका हुन् तर आजभोली उसको लक्ष्यमा परिवर्तन भएको छ, उसको आजको लक्ष्य भनेको प्रेम गर्नु हो– आफ्नो गाला चिल्लो बनाउनु हो । उसले यसै गरि धेरै दिन जुल्पी लर्काएर, क्रिम दलेर कलेज, चोक, पार्कमा धाइरह्यो । धेरै दिनको मेहेनेत पछि उसले एउटा मान्छे भेटायो आफूलाई प्रेम गरेजस्तो गर्ने । अब उसका दिनहरु रमाइला हुन थाले, आफ्नो प्रेमीलाई डेटिङ् लैजानमै व्यस्त हुन थाल्यो उ, उसले आफ्नो प्रेमीलाई एउटै कुरा सोध्थ्यो ‘म कस्तो देखिएको छु ?’ भन्दै । उत्तरमा जवाफ आउथ्यो– ‘अति सुन्दर, अनी म चाँही कस्ती देखिएकी छु नी ?’ ‘तिमी पनि अति राम्री, मेरै लागि बनेजस्ती ।’ यसरी नै दिनहरु बितिरहेँ । एकदिन यस्तो दिन आयो, बारीको कान्लामा लुकेर उसले आफ्नै प्रेमीको बिबाह अर्कैसँग भइरहेको हेर्न बाध्य भयो । आजदेखी सदाका लागि टुङ्गीयो सम्बन्ध र एउटा नमिठो सपना बनेर छापियो बिगतमा......

उसको पिडा प्रत्यक्ष, देखिरहेँ मैले ।
त्यही पिडाको बैशाखी, टेकिरहेँ मैले ।।
म बाँच्दिन अब, मर्छु भन्थ्यो उसले....
हो त्यही कथा कापीमा, लेखिरहेँ मैले ।।

((व्यथा पोख्थी कागजमा, लगाइ प्रेमको कसी.....................))

त्यो दिनदेखी मलाई डर लाग्न थाल्यो, किनकी त्यही प्रेमबाट आफ्नै साथीको बिचल्ली भएको देखेको थिएँ मैले । हुन त यही प्रेमबाट धेरैको आत्महत्या भयो–हत्या पनि भयो, हो यसरी नै बिचल्ली भयो धेरैको । कथा लेख्दा लेख्दै बढेको सम्बन्ध एकादेशको कथा जस्तै गरि सकियो, तर मान्छेको मन नै त हो सजिलै कहाँ सकिदो रहेछ र भुल्न । एक दिन देखेको सपना बिर्सन त मान्छेलाई कति धेरै दिन लाग्छ, अझ यो त प्रेम हो– मुुटु नै थरथराउने प्रेम । जसलाई राख्नपनि गाह्रो छ, निकाल्न पनि गाह्रो छ । त्यो दिनदेखी मैले कसैलाई पनि प्रेम गर्ने सल्लाह दिइन । तर कतिपय मानिसहरु यस्ता भेटेँ मैले, जसले दया र मायाको एक अनुभव पनि थाहा नपाएको जस्तो गरे । सुख दुख, आँशु पिडा त सबैको भागमा छ नि, तर पनि मान्छे अरुको भावनालाई जिस्काउँछन्, खेलवाड गर्छन् । दुखमा हाँस्छन्, सुखमा साह्रै नमज्जासँग रुन्छन् । पिडामा सान्त्वना दिदैनन्, अपमान व्यवहार गर्छन् । सानो कामको घृणा गर्छन्, साना व्यक्तिको सम्मान नै गर्न जान्दैनन् । त्यस्ता मान्छेलाई पनि यस धर्तिमा बाँच्ने अधिकार छ– बस्ने अधिकार छ । किनकी भोली खराब व्यक्तिको उदाहरण दिदाँ आफ्ना सन्तानलाई, बिद्यार्थीलाई गज्जबसँग भन्न पाइयोस, यि मान्छेहरु अनुहारमा मात्रै मान्छे हुन्– व्यवहारका होइनन् भनेर ।

एकलास बगर ढुङ्गासँग जिबन साटीरहेका मान्छेहरुका माझ उभिएर मैले सोचेको थिएँ, साझ बिहान ढुङ्गासँग ब्रजीराख्ने यि मान्छेहरुको आँशु किन निस्तो भइराख्छ ? खोलाको पानीजस्तै आँशु र पसिना बगाएर जिउने ति मान्छेहरुका जिन्दगीका मुल्यहरु किन सस्ता बनिराख्छन् । सपनाहरु सबैका हुन्छन्, तर ति बगरमा ढुङ्गा टुक्राउनेहरुका सपनाहरु, तिनै ढुङ्गाजस्तै टुक्रिदै जादा रहेछन् । सायद यस्तै हुन्छ प्रेम गर्नेहरुको जिवनमा पनि ।

गायक पुष्कल शर्माले एउटा गित गाएका छन्, भोली भेट्छु भन्दै गएको मान्छेको मान्छेको भोली कहिलै पनि आएन भन्दै । हो यस्तै अत्तो पत्तो हुन्छ सम्बन्धको, आज छ भोली छैन । यो कुनै किताबी ज्ञान होइन, जस्तो पढ्यो त्यस्तै गर्नलाई । सन्तहरु एउटा गालामा थप्पड हाने, अर्को गाला पनि थापिदिने पाठ पढाउँछन्, तर यो त यथार्थ हो– काम गराइ र उसको व्यवहार मन नपरेर पदम कुँवर जस्ता मान्छेले प्रचण्डको गालामा थप्पड हान्दा, घिसार्दै लगेर जेलमा कोच्नेहरुको जमाना हो यो, अझ यहाँका पागल प्रेमीहरु त कसरी सुरक्षित छन् होला, जहाँ एउटा साधारण मान्छेले पनि जिन्दगी भरको लागि सपना देखाइदिएर जान्छ । अझै सुन्नुस, त्यही मान्छेले पटक पटक आएर, फोन गरेर, एस.एम.एस गरेर, अझै सन्तुष्टि नभएर भेटेरै सोध्छ, ‘के छ सन्चै छौ ?’ भन्दै । एक्लै हुने तर्र आँशु चुहाउँदै भन्छ– ‘बाँचेकै छु, तर अब ठेगान छैन ।’ .............

अचम्म भयो रे, लौन भयो रे ।
भिक मागेर मायाको, बिलौना भयो रे ।।
आज आफ्नै प्रेमीकाले, फैसला सुनाई...
मेरो प्रेम त उसलाई, खेलौना भयो रे ।।

((मलाई भने पिरै पिरमा बाँच्नु रैछ खाली....................))

२०७३ साल जेठ ११ गतेको कार्यक्रम "नमेटिने याद" को सुरुवाती स्कृप्ट....

कहाँ जान्छु के गर्छु, अलपत्र गर्छु ।
जतन गर्दिन खुसी, यत्रतत्र छर्छु ।।
म सबैलाई भन्छु, मलाई यत्ति थाहा छ...
एकदिन गल्लीको कुकुर झैँ, सबत्र मर्छु ।।

(( म त अलपत्रै पर्छु तिमी नभएको बेला.............))

मान्छेका सपनाहरु ठूला हुन्छन्, कति निदाउँदा देखिन्छ– कति कल्पनामा देखिन्छ । ति सपनाहरुले मान्छेलाई यसरी डस्छन् कि फेरी त्यही सपना देख्ने आँट कहिलै गर्दैन उसले । किन हतार ? किन तनाव ? अगाडी बढ्ने बाहानामा धेरै मान्छेहरु आफ्नै जिवन बाँच्न समेत बिर्सिएका छन् । एकदिन कसैले भनेथ्यो मलाई, तिमी जिवनदेखी नभाग, बरु यसलाई सुन्दर तरिकाले बाँच्नतिर लाग, त्यस्ता प्रेम छोडिदेउ जसले तिमीलाई टेन्सन मात्रै हुन्छ, प्रेमको पेन्सन खाने कहिले कहिले तर टेन्सन भने दिनको दिन खाइरहेको हुन्छौ तिमी । म खुसी छु– मेरो कसैप्रति कुनै गुनासो छैन, अब तिम्रा आसपास रहने मान्छेलाई यि कुराहरु भन्ने गर र हेर के हुन्छ, अवस्य पनि तिमीले पाउने छौ मान्छेहरु तिमीदेखी टाढा टाढा भागेको, किनकी तिम्रो आनन्द र तिम्रो खुसीले उनीहरुलाई बेचैन बनाइदिन्छ । त्यसैले तिमी गुनासो गर– आफ्नो दुख पिडा, पिर व्यथा सधै उनीहरु सामु राख्ने गर, अब बल्ल मान्छेहरु तिम्रो नजिक नजिक आउनेछन्, तिम्रो पिडा हेर्नको लागि–तिम्रो पिडामा रमाउनको लागि । तिम्रो दुख देखेर मात्र उनिहरुले आफुलाई सुखी महसुस गर्नेछन्, तिम्रो पिडाले मात्र उनीहरुलाई तिम्रो उपर देखाउने मौका दिनेछ, तिम्रो बर्बादीले मात्र उनीहरुलाई आफू ठिक बाटोमा रहेछु भन्ने आभाष दिलाउनेछ, अनी तिम्रो मुर्खताले मात्र उनीहरुलाई उपदेश दिने अवसर जुटाइदिनेछ । यसर्थ आफैसँग खुसी हुनुपर्छ, कसैप्रति गुनासो गर्नुहुन्न, बरु एक्लै बाँच्नुपर्छ तर झुठो मित्रको भ्रममा पर्नु हुन्न ।

खै आजभोली कहाँ छ प्रेम ? कसले गर्छ प्रेम ? कसरी गर्छ प्रेम ? किन गर्छ प्रेम ? एउटा सानो झगडा हुदाँ या एउटा सानो कुरामा चित्त नबुझ्दा आफ्नै प्रेमीलाई छोडेर पोइला जानेलाई प्रेम भन्छन् ? अर्काकी श्रीमती अथवा प्रेमीकालाई भगाएर ल्याउनेलाई के प्रेम  भन्छन् ? म भन्दिन त्यस्तोलाई प्रेम । म मान्छु कि कुनै जमानामा प्रेम गरिन्थ्यो तर आजभोली प्रेम गरिदैन– प्रेमको नाटक मात्र गरिन्छ । मनमा गरिने प्रेम धनमा हुन्छ, लफडामा गरिने प्रेम कपडामा हुन्छ, हो यस्तै हुन्छ आजभोली । आजको मान्छेसँग अलिकति बुद्धि छ भने प्रेमको फरिया ओडेर हिड्दैन । केही काम नभएका मान्छेहरु मात्रै हुन् यसमा रमाउने, साँच्चिकै इज्जत कमाउने हो भने त निन्द्राबाट बिउझिनु पर्छ, सम्बन्धहरु हिर्काइदिनुपर्छ, त्यस्ता प्रेमलाई मिल्काइदिनु पर्छ । एउटा मामुली फोन गर्ने बिषयलाई लिएर त्यहाँ झगडा हुन्छ भने त्यो कसरी प्रेम हुन सक्छ ? त्यो त पुरै आश नभएको टाइमपास हो । दुई चार दिनको लागि देखाइएको हाँस्य टेलिशृङ्खला हो त्यो, जसबाट आफूलाई पिडा भएपनि दुनियाँलाई चाँही हेर्नको लागि खुब्बै मज्जा आउँछ.....

केही नपाउँदै बाटो, मोड्दैन उसले ।
लगानी लाको छु भन्छ, नाता तोड्दैन उसले ।।
दुनियाँले खाते र, पागल भन्दा पनि...
अह त्यो प्रेम गर्न, छोड्दैन उसले ।।

((दुनियाँले पागल नै भनेपनि....................))

कस्तो अपत्यारिलो शब्द, कोही भएन भने कोही मान्छे मुटु चल्दा चल्दै मर्छ रे । जन्मेर यत्रो भइयो, मान्छे के गर्दा बाँच्छ ? के गर्दा मर्छ ? भन्ने कुरा पनि अझै पत्ता लगाउन सकिएन । कोही मानिस चिच्चाउदै भन्छ– मलाई मात्र एक गास भएपनि खान देउ, म मर्न लागेँ । यो बाक्य सुनिरहँदा फेरी अर्को चिच्चाउँछ– म तिमी बिना एकपल पनि बाँच्न सक्दिन, भन्दै । बास्तममा जिन्दगीमा बाँच्नको लागि के अपरिहार्य छ भन्ने पनि ठम्याउन सकिएन । कुनै एक ताक एउटा बिषयमा सधै बादबिबाद हुन्थ्यो, मान्छे खानको लागि बाँच्छ या बाँच्नको लागि खान्छ ? भन्ने बिषयमा । यसमा रहेर म उर्ली उर्ली आफ्ना तर्कहरु राख्थेँ– मान्छे त खानकै लागि बाँच्छ, कति प्रेममा आँशु खान्छ, कति आफन्तको गाली खान्छ, कति शत्रुका लात खान्छ, कति भात नै खान नपर्ने गरि कसैको बात खान्छ । धेरै खान्छ यो मान्छेले, म खान्न भनेपनि खानैपर्छ उसलाई । यि प्रमाणहरु हेर्दा मान्छेले बाँच्नको लागि खाने होइन, खानको लागि बाँच्ने रहेछ ।

आजभोली त यस्तो लाग्छ, जन्म दिने बाबु आमा बाहेक अरु कुनै स्थायी सारथी नहुदो रहेछ जिन्दगीमा, अझ अरुले प्रगती गरेको देखेपछि, लाठे भएपछि, प्रेम सम्बन्ध गाँस्छु भन्दै आउने मान्छेलाई त गाला पड्काएर खेदाउन मन लाग्छ । कसैको जागीर हेरेर, कसैको रुप हेरेर, कसैको क्षमता हेरेर प्रेम गर्छु भन्ने त्यस्ताले कस्तो प्रेम गर्लान् । २÷४ दिन पछि कमजोरी पत्ता लगाएर हेप्न थाल्छन् । याद गर्नुहोला, कुनै पनि मान्छे प्रेम गर्न मात्रै आउँदैन तँपाइको जिन्दगीमा । सकेजति उ सँग भएको रिसको पावर र घमण्ड देखाउन पनि आउँछ । प्रेमको नाममा तँपाइको जिन्दगीमा जोडिएको मान्छे, प्रेम भन्दा बढि झगडा गरेर बस्छ, र एकदिन ठूलै भुकम्प ल्याइदिएर जान्छ ।

त्यस्ता प्रेमको पछि लाग्नु छैन हामीलाई– जहाँ खाली प्रतिस्पर्धा मात्रै हुन्छ । तुक न बेतुकका प्रश्नहरु सोधेर टाइमपास गरिन्छ । कसले कतिखेर भात खायो र कसले कतिखेर खान्छ भनेर सोधिरहनुपर्ने कुरा होइन, तर प्रेममा अधिकांश रुपमा यही प्रश्न सोधिन्छ । हो यही कारण बिग्रीएका छौ हामी । भात खायौ र तरकारी के खायौ भनेर सोध्दैमा समय सकिन्छ हाम्रो । परिवर्तन र बिकासका कुरा अह कसैको दिमागमा छैन । थुक्क कस्तो प्रेम गरिन्छ नि बाबै यहाँ, यदि समय नै बिताउने हो भने त किन प्रेम गर्नु पर्यो, क्यारम बोर्ड खेल्नु, जुवा तास खेल्नु नी । जुवा तासमा त कमसेकम पैसा मात्रै सकिन्छ तर प्रेममा त जिन्दगी सकिन्छ जिन्दगी । पैसा त फेरी पनि कमाउन सकिएला तर एकपटक गुमाएको जिन्दगी फेरी पाउन सकिन्न भन्ने जान्दा जान्दै किन जिउँदै मर्न खोज्छ मान्छे, हे भगवान लौन चेतना देउ यसलाई............

समयले फूल फुलाउँछ भन्दै, हेरिरहेछन् ।
हेरेरै भएपनि धोको, फेरिरहेछन् ।।
बाबु आमाले भनको, फिटिक्कै मान्दैनन्...
एउटी केटीले भनको, टेरिरहेछन् ।।

((समयले फुलाउँछ फूल भन्थेँ.....................))

२०७३ साल बैशाख २१ गतेको कार्यक्रम ‘नमेटिने याद’ को सुरुवाती स्कृप्ट...

बिनासित्ती कसैको, मन जलाइरहन्छ ।
घरि घरि मुटुमा, तिर चलाइरहन्छ ।।
एउटा यस्तो, रुख छ आँखामा...
जसले आँशुका, दाना फलाइरहन्छ ।।

((सम्पत्तिले आगो झै जलायो, अजम्बरी सम्झेको यो माया...........स्वर – रामकृष्ण ढकाल))

जल्नु सम्म जलेको मान्छे हुँ म, कसैको हातबाट ओल्टाइ पोल्टाइ जलेँ, कसैको नजरमा कंगाल बनेँ, कतिबाट पागल बने । यही रहेछ जिन्दगी – यिनै रहेछन् मान्छे, म दुनियाँमा हर तरिकाले बाँच्ने प्रयास गरेँ, जन्मीदा बित्तिकै खुसीले रोएँ, अल्ली ठूलो भएँ जीद्धि गर्दै रोएँ–अरुले पिटेर रोएँ, अझै उमेरका चोक्टा थपिए आफूलाई अलिकति ठूलो भएको महसुस गरेँ अनी कोही आफ्नो मान्छे नभएर रोएँ र आज त्यही आफ्नो मान्छेलाई बिदाई गर्दै हात हल्लाउँदै आँशु चुहाएर रोएँ । रुने कार्य सधै निरन्तर छ, बस् यत्ति फरक छ, हिजो अरुलाई देखाउनको लागि चिच्चाएर रुन्थे, आज आफैलाई फकाउनको लागि लुकेर रुन्छु ।

एउटा यस्तो मान्छे जो सधै अरुलाई दुख दिएर मात्रै बाँचिरह्यो – कतिलाई बढि बोलेर सतायो, कतिलाई बोल्दै नबोलेर तड्पायो । जान अन्जानमा कतिलाई प्रेममा धोका दियो । नबोल्ने कतिलाई पटक पटक बोलाइरह्यो, फोकटको सम्बन्धमा एकोहोरो टोलाइरह्यो । मुर्छा परि परि हाँस्यो, छाती पिटि पिटि रोयो, बस् त्यही गरिरह्यो आफूपनि अरुजस्तै बाँचेको अभिनय गरिरह्यो । हो यो त्यही महेश हो जसले मित्र भन्दा धेरै शत्रु कमाएको छ । पैसाले कमाइने मित्र र सित्तैमा कमाइने शत्रुमा के भिन्नता छ भन्दै बहुदै खोजीयो जिन्दगीमा । मित्रले पछाडीबाट छुरा रोप्छन्, शत्रुले अगाडीबाट रोप्छन् भन्ने निष्कर्ष पनि आएथ्यो त्यहाँ, यो निष्कर्षले मित्र भन्दा शत्रु बलवान र निडर हुदाँ रहेछन् भन्ने अडान निस्किएथ्यो, तर जिन्दगीमा प्रगती गर्नको लागि शत्रु चाहिन्छन् कि मित्र चाहिन्छन् भन्ने कुरा भने अझै बुझिएन ।

‘मलाई मित्र सँग बचाउ शत्रुको सामना म आफै गर्न सक्छु’ भन्ने प्लेटोको भनाइसँग ठोकिएर लडेपछि मित्र भन्दा शत्रु पो आवश्यक रहेछ जिन्दगी जिउनको लागि भन्ने हेक्का भएथ्यो, फेरी शत्रु धेरै भएर लामखुट्टे झै रगत चुसेपछि खोक्रो भएका म जस्ता केही मान्छेलाई बचाउनको लागि र आँशु पुछ्नको लागि गतिलो मित्र पनि चाहिदो रहेछ भन्ने हेक्का चाही आजभोली हुदैछ । ‘मरेपछि मसानघाट लैजानको लागि पनि चार जना मित्र चाहिन्छन्’ भन्ने लेलिनको भनाइले त छाँगाबाट खसेजस्तो भएँ म । यि दुबै भनाई पढ्दा, शत्रु र मित्र दुबै उत्तिकै आवश्यक हुदाँ रहेछन् भन्ने चेत भएथ्यो, शत्रुले अगाडी बढ्न दिदैनन् – मित्रले पछाडी हट्न दिदैनन्, बास्तममा यि दुबैले बिचमा राखेर किचिरहन्छन् । कोही हेरेर देखावटी रुपमा हाँस्छन्, कोही रोएको नाटक गरेर लुकी लुकी हाँस्छन् । बिडम्बना दुखी सधै दुखी नै भइदिन्छ........

बाहिर बाहिर कुरा काट्दै, बात लगाउँछन् ।
अझै बढि बोल्छस् भन्दै, लात लगाउँछन् ।।
अब हेप्न सकिन्न भन्ने, जानेपछि बल्ल...
लुक्दै पछाडीबाट धारे, हात लगाउँछन् ।।

((तुसारोले खाएजस्तै खाने रैछ मन, आफ्ना पनि पराइ बन्ने पापी लाग्यो धन............))

एउटा बाक्य सुनेको थिएँ, ‘एउटा छेपारोले आत्महत्या गरेछ, सँगै उसले एउटा वाक्य लेखेर मरेछ, रङ बदल्ने कलामा मैले मान्छेसँग प्रतिस्पर्धा गर्न सकिन ।’ यो भनाई कतिको बास्तविक हो राम जानुन । नेपोलियन बोनापार्टले भनेको छन्, संसारमा सबै कुरा सम्भव छ तर समय छदै गर्नुपर्छ । मानिसहरु जिवन बाँचेर मरिन्छ भन्छन्, तर मरेर बाँचेको पत्तो छैन उनिहरुलाई, बाँचेको छ भन्दा भन्दै हजारौ पटक मरेको थाहा नपाउने मान्छे, अन्तिम मृत्युलाई जिबनको अन्तिम विन्दु मानेर दौडिरहेको छ, आफ्नो बर्तमानलाई वास्तै नगरी भविश्यको आशामा कुद्दै योजना बनाउने मान्छे र जिवनको अन्तिम अवस्थामा सबै सपना अधुरो बनाएर मर्ने यो यस्तो प्राणी हो, जसले हरेक आफ्नो सारथीलाई धोकै दिएर मार्छ ।

कति बैगुनी भइस् नि बाबै तँ, हामी दुबैलाई भगवानले बनाएको हो, र पनि हामी दुबै एक अर्काको स्वार्थमा अडिन छौँ, न तैँले बोलाएको मैले सुन्छु – न मैले बोलाएको तैँले सुन्छस्, हामी दुबैजना दाम्ले मिठाइ बटारिए जस्तै बटारिएछौँ । न त्यो रिसाएर हामीलाई खानु छ, न त्यो सँग रिसाएर हामीलाई फाइदा हुनु छ, तर पनि हामी दुबै काटाकाट गर्छौ, मारामार गर्छौँ । बरु मर्छौ तर आफ्नो भूल कदापी स्वीकार गर्दैनौ, कहिलेकाँही यस्तै कुराले साह्रै बिरक्त बनाउँछ ।

फेसबुक खोल्छु अनी पढ्छु, पाउजु हजार रुपैयाँमा आउँछ तर खुट्टामा लगाइन्छ, टिका १ रुपैयामा आउँछ तर पनि निधारमा सजाइन्छ, त्यसैले कुनै पनि बस्तुको मूल्यले मतलब राख्दैन, मूल्य त उसको नामले र कामले राख्छ । एउटा पुस्तकालयमा भएका पुस्तकहरु ‘गिता’, ‘बाइबल’, र ‘कुरान’ ले एकआपसमा कहिलै झगडा गर्दैनन्, तर यि किताबहरु जसले पढ्छ उनीहरु एकआपसमा सधै झगडा गरिरहन्छन्, कारण यि किताव पढ्ने बित्तिकै उनीहरुको धर्म परिवर्तन हुन्छ । नुन जस्तो चर्को ज्ञान दिने मान्छे नै असल मित्र हुन्छ रे, मिठो बोली बोल्ने त झन खराव निस्कन सक्छ, इतिहास साँची छ कि अहिलेसम्म नुनमा कहिलै किरा परेको छैन, तर मिठाइमा त सधै किरा परिरहेकै हुन्छ । अनी अर्को बिचार जसले पटक पटक झस्काइरह्यो मलाई, रक्सी बेच्ने मान्छे कहि जादैन, तर दुध बेच्ने मान्छे चाँही गल्ली–गल्ली, घर–घर, कुना काप्चा जानुपर्छ, त्यही पनि उसैलाई बारमबार सोधिन्छ–‘दुधमा पानी त हालेको छैनौ नि ?’ भनेर । तर रक्सीमा आफ्नै हातले पानी हाली–हाली पिउँछन् मान्छे, वा हाम्रो समाज– हाम्रो रितिरिवाज, कहाँ जादैछ । मान्छेलाई रक्सी खुवाइन्छ, भगवानलाई दुध चढाइन्छ । म फेरी पनि भन्छु मान्छेले बनाएको भगवानको मुर्तीमा गाइको दुध चढाउदैमा मनले आँटेको पुग्ने भए, छोरालाई आफ्नो दुध खुवाएका आमाहरु वृद्धाश्रम पुग्ने थिएनन् होला....

जता पैसा लुरु लुरु, उतै धाइन्छ ।
भन् धोकेवाज यसमा, के पाइन्छ ।।
तब उसले, थप्पड हिर्काउदै भनेथ्यो...
कात्रो किन्न पनि साले, पैसै चाहिन्छ ।।

((धनी भए हेर्ने रैछन् आफन्तले पनि, खोजी गरि भेट्ने रैछन् साथी संगी पनि.........))

२०७२ साल चैत्र १६ गतेको कार्यक्रम नमेटिने यादको सुरुवाती स्कृप्ट...

दिमागबाट मुटु हल्लीएको, खबर आउँदै थियो ।
आँखाबाट आँशुपनि दर दर, आउँदै थियो ।
एउटा यस्तो मान्छे, जो बाँचेर मरेको छ....
पाइला टेक्दा पनि बिचरा, थरथराउदै थियो ।।
.
((मेरो बारे उनले सोधे, मर्यो भन्दिनु...............स्वर– शिव परियार))
.
एउटा प्रेम जसले जन्मायो अर्को प्रेम । त्यही प्रेमले फेरी रहर जन्मायो, रहरले सपना देखायो अनी सपनाले गलत्याएर बिपनामा हुर्याइदियो, अनी मान्छेलाई म को हुँ भन्ने राम्रोसँग परिचित गराइदियो, वा प्रेम वा सलाम छ तँलाई । प्रेममा नपरेको मान्छेलाई रहर जगाएर, अरुको प्रेम देखाएर, त्यही प्रेमसँग सपना देखाएर प्रेम गर्न बाध्य बनाउँछस् तैलेँ । जब कसैले तेरो भरपुर बिश्वास गरेर कसैलाई प्रेम गर्छ, तब त्यहाँ अनुहारको घमण्ड निस्किन्छ, पैसाको तागत निस्किन्छ, राजनितीको पावर निस्किन्छ, अनी तँ सानो म ठूलो भन्ने भेदभाव निस्किन्छ । के यही हो त प्रेम ? कति अस्थायी छस् तँ, परिवार नियोजनको अस्थायी साधनका प्रयोग नहुन्जेल सम्म मात्रै हुदो रहेछ तेरो प्रयोग, सायद त्यसैले यि दुबैलाई अस्थायी भनिएको होला ।
.
कति ठूलो झड्का.. म त बिजुलीको २४० भोल्टको झड्काको मात्रै अनुभुती गरेको मान्छे, प्रेमको झड्काको त के नै अनुभव थियो र मलाई । प्रेमले मान्छेलाई यस्तो बनाउँदो रहेछ जसको बिछोडले गर्दा त्यसतर्फ फेरी जाँदा पनि साह्रै मुटु हल्लीदो रहेछ, अगुल्टोले हानेको कुकुर बिजुली चम्कीदा तर्सिन्छ भनेजस्तै सर्वस्व गुमाएर प्रेम गरेका केही मान्छेको प्रेम छुटेर फेरी सर्वस्व गुमेपछि नमेटिने यादको साहारामा जिवन गुजारेको धेरै सुनेको छु मैले । शिव परियारले लय मिलाएर गाएजस्तै – लय मिलाएर प्रेम गर्न नसकिदो रहेछ हामीले, एउटै सँग प्रेममा रहिरहन पनि नसकिदो रहेछ । त्यसै पूर्व राजा ज्ञानेन्द्रका छोरा पारसले सयौँ सँग प्रेम गरेका होइनन्, उनको प्रेम यति अस्थायी भयो कि एउटा प्रेम टुङ्गीन नपाउँदै अर्को प्रेम सुरु भएको समाचार सुनिथ्यो । उनले जस्तै हामीले पनि यसै गर्छौ – फरक यत्ति छ, उनले एकातिर प्रेम हुदाँ हुदै पनि अर्कोतिर गर्थे, हामीले एकातिर प्रेम छुटेपछि अर्कोतिर गर्छौ ।
.
अजिव रहेछ प्रेम मैले रक्सीको लत बसेका, चुरोटको लत बसेका टन्नै मान्छे देखेको छु, आज यो घडिमा आएर मैले भन्दै छु कि सबैभन्दा खतरनाक लत त प्रेम पो रहेछ । रक्सी एकैछिन लाग्छ त्यसपछि मान्छे होसमा आउँछ, चुरोटको तलतल धुवा बनेर हावामा उड्छ, तर प्रेम त गरेपनि सुख छैन–छोडेपनि सुख छैन, जागेपनि सुख छैन–भागेपनि सुख छैन, दौडेपनि सुख छैन–पानीमुनी पौडेपनि सुखै छैन । यो एउटा यस्तो लत रहेछ एकपटक प्रेममा परेर छुटेको मान्छे फेरी त्यही प्रेम बिना बाँच्नै नसक्दो रहेछ । एउटा प्रेम छुट्ने बित्तिकै अर्को प्रेमको खोजीमा भौतारिने धेरै पागल प्रेमी देखेको छु मैले, मोटर चढ्ने बानी परेको मान्छे फिटिक्कै हिड्न सक्दैन, दुई चार पाइलामै गलिहाल्छ उ । सायद त्यस्तै लत रहेछ कसैसँगको सामिप्यता पनि । नखाँउ भने दिन भरिको शिकार, खाउँ भने कान्छा बाउको अनुहार.....
.
जबरजस्ती माया मनमा, कोचेको नि थाहै पाइन ।
काँडा बनी चसक्क, घोँचेको नि थाहै पाइन ।।
प्रेममा पागल भएको, पटमुर्ख रहेछु....
आफ्नो भन्दा भन्दै पराई, सोँचेको नि थाहै पाइन ।।
.
((फूल सँग काँडा कहाँ, बस्न सुहाउँछ र........))
.
केही मान्छेहरु यस्ता हुन्छन् जसले पराइसँग भन्दा आफन्तसँगै भाउ खान्छन् । कुनै चिन्दै नचिनेको पराइ मान्छेसँग मस्की मस्की बोल्ने त्यही मान्छे आफ्नैले बोलाउँदा ‘को हो तँपाई ?’ भन्छ, चिन्दिन भन्छ । पटक पटक कपाल खुइलाएझै परिचय खुइलाउन बाध्य बनाउँछ उ, तर अचम्मको कुरा त के छ भने उसको अगाडी कुनै परिचयले टेरपुच्छर लाउँदैनन्, अन्जान व्यक्ति सधै अन्जान नै भइरहन्छ । लौन कति ठूलो भएछ आजको मान्छे, आफ्नो स्वार्थको लागि परिवार थर्काउँछ, कुनै नाथे प्रेमको लागि साथी भाइसँग दुस्मनी खेल्छ, अनि समयको केही अन्तरालपछि प्रेममा रहेको आफ्नै मान्छेलाई पनि फुटेको कौडी बिश्वास गर्दैन र धोकाको दोसल्ला ओडाएर टाटा बाइबाइ गरिदिन्छ ।
.
मैले पृथ्वीको ठूलो जिव होयल माछो त देखीन तर जमिनको ठूलो जनावर हात्ति देखेको छु, अचम्म छ दुनियाँका केही मान्छेहरु भित्र खोक्रो बाहिर बोक्रो भएर पनि ताँइ न तँुई सँग त्यसै ठूलो हुन खोज्छन् । मान्छेको यति भाउ बढ्छ कि त्यती भाउ गाउँबाट लगेका भैसीहरुबाट बनाएको मम मा पनि हुदैन । फेसबुकमा एकपटक हेल्लो भन्दा ब्लक गर्ने केही मान्छेहरु, फेसबुकले ब्लग भन्ने बटन नराखिदिएको भए के गर्थे होला उनिहरु ? सायद आफै आत्महत्या गर्थे होला । फेसबुकको ब्लग भन्ने बटनको यति दुरुपयोग भइदियो कि प्रयोग हुने ठाउँमा भन्दा, प्रयोग नहुने ठाउँमा यसको प्रयोग भइदियो । ‘फेसबुकको चिनजानले किशोरीको ज्यान गयो’ भन्ने समाचार अस्ती भरखरै पढेको मैले – त्यतिखेर हेक्का गरेथेँ, एउटा सानो ब्लग बटनले त्यहाँ किशोरीको ज्यान जोगाउँथ्यो होला, तर दुर्दशा त्यहाँ फेसबुक ब्लग भएन–मान्छे नै ब्लग भइदियो ।
.
मान्छेको एउटा यति ठूलो कमजोरी छ, यसले को आफ्नो, को पराई अह फिटिक्कै छुट्टाउन सक्दैन, यसरी गरेको अनुसन्धानमा – थोरै आफ्ना मान्छेहरु पराइको लिस्टमा पर्छन् र धेरै पराई मान्छेहरु आफ्नाको लिस्टमा पर्छन् । सायद यही भएर होला आफ्नालाई हेला पराईको भेला गर्ने । याद गर्नुस ति मान्छे सकेसम्म जिउँदो रहन्नन्, र बाँचेपनि नराम्रोसँग पछुताउँछन् । केही जवानीका उमङ्गहरुसँगै आँखा नदेखेर आफ्नै मान्छेको परिचय सोध्ने पृथ्वीका भारहरु, जवानी सकिएपछि आफै परिचय सुनाउँदै मान्छेको पछि पछि लाग्छन् । भाउ कति खोज्छौ खोज, तिमीहरुले भाउ खोज्ने २÷४ बर्ष त हो, त्यसपछि त भिजेको मुसा जस्तै भइहाल्छौ । कसैको प्रेम प्रस्ताव लत्याएर आफू ठूलो भएकोमा बढो गर्भ लाग्छ है तिमीहरुलाई, सान नझार बिहे नगरि त मान्छे बाँचेका छन् – के तिमी बिना मर्लान् र, सबैको इज्जत र सम्मान गर, बोलेको पैसा लाग्दैन.....
.
भावनालाई जलाएर, राक लगाउँछन् ।
बढो ठूलो छु भन्दै, नाक लगाउँछन् ।।
आफू मात्रै बलवान् देख्ने, यहाँका भातेहरु...
आलु खाई पेडाको, धाक लगाउँछन् ।।
.
((छाडी जाने निरमोही लाई, सम्झी सम्झी रुदै............))

२०७२ साल फाल्गुन २५ गतेको कार्यक्रम नमेटिने यादको सुरुवाती स्कृप्ट...

सँगै बस्ने सपनाको, बिछोड भएपछि ।
झोला बोकेर एउटा मान्छे, परदेश गएपछि ।।
उसको आँखा कहिलै, ओभानो भएन....
हुरी आइ रहर जती, टाढा लएपछि ।।

((बिछोडको करौतीले, काट्नु मनै काट्यो.....................))

खै कहाँबाट सुरु गरौँ मनमा धेरै कुराहरु तहस नहस भएका छन्, सबैलाई एकैपटक प्रस्फुटन गरौँ त तिम्रो लाचार सरकारले धान्न नसक्ला, ताकी जनमत सङग्रहको नाममा कालो पाटी बाधिएका प्रदेशी सामु, संविधानको मंश्यौदा लादिएको जस्तो भएर, सडकमा च्यातिएको कागज जस्तै होला । सुन्छु नेपालमा संविधान बन्यो रे, तर खै के भयो बिगत ४ बर्ष देखी पानी विना माछा छट्पटिए जस्तै संविधान आए त के के न हुन्छ भन्दै, बढो ठूलो आस बोकेर बाँच्ने परदेशीहरु हिजो पनि पसिना र आँशु घोलेर पिउँथे र आजपनि पिउँछन् । संविधान आयो भन्दै घरमा दिप बाल्नुको, बाटोमा नेपालको नक्सा कोर्नुको औचित्य के भयो, ताकी हिजो र आजमा केही परिवर्तन छैन भने । यो त केटोकटी आए गुलेली खेलाए मट्याङ्ग्राको नास भनेजस्तै भयो ।
.
हे देश, हे सरकार, तिमीले फ्रि भिषा, फ्रि टिकट भन्दै किन युवाहरु देशबाट खेदाउँछौ, कैले सम्म पौरखी हातहरुलाई अर्काको देशमा दुख गर्न प्रोत्साहन गर्छौ, फोकटमा ४ बर्ष संबिधानको नाममा तिमीहरुले खाएको तलबको एक एक हिसाब गर्न, म जस्ता कयौ प्रदेशी युवाहरु तिम्रो कठालो समाउन आउने छन्, परिवार र नेपाल आमा बिबश परिस्थितीमा रोइरहेको बेला पनि नेपालमै हुन नपाउनुको पिडा परदेशमा रहनेलाई कति हुन्छ त्यो मलाई थाहा छ । आज समुन्द्र पारीबाट जन्मभुमीले भोगेको पिडालाई टुलुटुलु हेर्नु, छट्पटिनु र सम्झनामा लिनु सिवाय केही गर्न सकिएन बाबै ।
.
भन्नेहरुले त भन्लान, त्यो त रुखमा फलेको पैसा टिप्न गएको छ, के गाह्रो होला र, जति भन्यो त्यति पठाउँछ । परदेश नगएको एउटा अन्जान नेपालीले यही सोच्छ तर सास कुरीरहेको बेला, जब काठको बाकसमा लास आउँछ नि, त्यतिखेर अलिकति भएपनि हेक्का हुन्छ त्यो आफन्तलाई – बिदेशको दुख र पिडाको । शरिर एक ठाउँ, मन अर्को ठाउँ, फरक संस्कार फरक संस्कृती, फरक रितिरिवाजमा झेलिएर पनि परिवारले जती भन्यो त्यती पैसा पठाउने, जहिले भन्यो त्यहीले पठाउने, अरुको खुसीको लागि आफ्नो ज्यान पनि नभन्ने, जती पिडा परेपनि हाँसी हाँसी बोल्ने । घँुडा धस्ने, ढलमा पस्ने, आफु मरेर परिवार खुसी बनाउने वा परदेशी मेरो सलाम छ तिमीलाई, देशमा कहाँ के भयो होला, आफन्तको अवस्था कस्तो छ होला भनेर सधै चिन्ता लाग्छ है तिमीलाई ? हजारौ माइल टाढा भएर पनि तिम्रो मन, मुटु, सोच अनी कल्पना सधै नेपालमै छ नि मलाई थाहा छ । अरु त के कुरा नेपालकै माटो कुल्चन पाउँदा तिम्रा पाउहरु कति साहिन हुन्छन्, तर के गर्ने परिस्थितीले तिमीलाई टाढा पुर्याएको छ । त्यो तिमीलाई पनि थाहा छैन, मलाई पनि थाहा छैन, तिमी सही सलामत नेपाल फर्कन्छौ या फर्कन्नौ, तर पनि तिमीलाई कसैले पर्खिरहेको छ यहाँ........
.
बालुवामा सपनाको, खेती गरिरहेछौ ।
ए परदेशी तिमीले, यती गरिरहेछौ ।।
यो जगतको दोश्रो, भगवान हौ तिमी...
अरुलाई बँचाउन आफ्नै, क्षती गरिरहछौ ।।
.
((मरुभुमी बालुवामा, सपनाको खेती....................))
.
मैले छोड्दा सम्म त घर सबै ठिकै थियो, गोठको ठाउँमा गोठा थियो–मोठको ठाउँमा मोठा थियो । करेसावारी थियो, केराको घारी थियो । जे जे जहाँ थिए सबै त्यही नै ठिक ठाक थिए, जब म हिडेँ अनी भन्छौ, घरको ठाउँमा घर छैन, म आकाशमा उडेँ अनी भन्छौ पिपलको छेवैको बर छैन, अनी रुदै रुदै भन्छौ अब बाँच्ने कुनै रहर छैन । यस्तै दुखेसो सुनिरहँदा फेरी ठोकिन्छु एक चिर चिराहट सत्यमा, फेरी एकपटक सम्पूर्ण नेपालीको मुटु हल्लीने सन्देश इराकमा कार्यरत २१ जना नेपालीबाट आएको छ रे भन्ने पढ्छु फेसुबकमा, अझ उनीहरुले पठाएको सन्देशको एउटा शब्द सुन्दा त आफूलाई नेपाली भएकोमा कस्तो राक्षस ठाउँमा जन्म लिइएछ बाबै भन्ने पनि लाग्छ, ति २१ जना नेपालीले भनेका छन् ‘‘यदि बेलैमा उद्धार भएन भने, हाम्रो लास मात्र नेपाल फर्कने छ ।’’ आम्मै पैसा कमाउने र परिवारमा नाना र छाना हाल्ने सुन्दर सपना बोकेर बिदेशीएका विवस व्यक्तिको शव घरमै आइपुग्दा त्यसको अवस्था कस्तो हुन्छ होला, हामी सहजै रुपमा अनुमान गर्न सक्दैनौ ।
.
एकदिन घुम्दै घुम्दै थाहै नपाई त्रिभुवन विमानस्थल पुगेछ, मैले त्यतिखेर थाहा पाए सन्तान मर्दाको एउटा आफन्तको पिडा । बिमानस्थलको आगमन कक्षको waiting रुममा बसिरहेको बेला झण्डै ७० बर्षका वृद्ध अन्य दुइजना सहयोगीका साथमा ठूलो बाकस सहित ट्रली गुडाउँदै बाहिर निस्कीए, बाहिर पर्खिरहेको एउटा समुह ट्रली तिर मोडियो, ट्रलीबाट बाकस ओरालेपछि रुवाबासी चल्न थाल्यो, सोधपुछ गर्दा थाहा भयो, मलेसियामा कमाउन गएका नेपाली युवालाई बाकसमा प्याक गरेर पठाइएको रहेछ । एउटा दुखको कहानी सकिन नपाउँदै विमान स्थलमा फेरी अर्को बाकस आइपुग्यो, कुन चाँही आफ्नो मान्छेको शव हो, ठम्याउन गाह्रो पर्यो आफन्तलाई । मैले दुदर्शा देख्न सकिन त्यहाँबाट हिडेँ ।
.
कठै परदेशी जिवन, कठै तिमी परदेशी । तिमीले पठाएका पैसाले देश चलाएको सरकारले तिम्रो लागि केही गर्न सकेन, परदेश जाने बेलामा आर्शिवाद लिएर विदाइको हात हल्लाएको याद आउँछ होला नी है तिमीलाई, तिमीलाई थाहा छ – तिमी परदेश गएदेखी गाउँ सून्य भएको छ । तर यो चाँही कहिलै नभुल्नु तिम्रा मित्र भन्दा धेरै शत्रु छन् गाउँमा । तिमीले अरुलाई देखाउनको लागि पनि हिम्मत हार्ने छैनौ । तिम्रो साहासी पना देखेर अलिकती भएपनि छाति फुलेर आउँछ, आफूलाई विर गोर्खाली भन्न मन लाग्छ, यदि तिमी परदेश नगएको भने हामी भोक भोकै मर्ने थियौँ, तर तिमी भने आफू मरेर हामीलाई बँचाइ रहेछौ । तिम्रो आफन्तको फेरी एक सलुट तिमीलाई.............
.
थाहा छ तिम्लाई जहिले सुकै, पिर परिरहन्छ ।
जता जान्छौ उतै, भिर परिरहन्छ ।।
क्यारछौ तनी नेपालीको, कर्मै यस्तै रैछ...
पाइला पाइलामा दुखको, जन्जिर परिरहन्छ ।।
.
((थाहै हुन्न कुन बाटोले, भिर तिर लान्छ...........))

२०७२ साल फागुन ४ गतेको कार्यक्रम नमेटिने याद को सुरुवाती स्कृप्ट.....

फूलजस्तै फूल्नुपर्छ, झर्नु हुदैन ।
भन्थ्यो कसैले बिराम, गर्नु हुदैन ।।
मलाई यही मान्छेबाटै, सिकाइन्थ्यो..
उसैले भन्थ्यो मान्छेको, फन्दामा पर्नु हुदैन ।।

((तिमी त सधै फुल्दै जानु, मेरा त अब झर्ने बेला भो..............स्वर अन्जु पन्त))

फूल्ने र भुल्ने कुराको कहिलै ख्याल गरेन मान्छेले, जब उ कसैको जीन्दगीमा फूल बनेर आयो तब हजारौ पत्थरका प्रहारपनि सामान्य भइदिए, तर दिन यस्तो पनि आउँदो रैछ पत्थरका प्रहारहरु सहदा सहदै त्यो फूल पनि एकदिन पत्थर बन्दो रहेछ, र म कसका लागि हुँ भन्ने कुरा पनि बिर्सिएर उही मान्छेलाई घोचीरहदो रहेछ– जसले उसलाई संरक्षण गर्यो । मान्छे कहिलै पनि आफ्नो नहुदो रहेछ बरै, बरु ज्यामितीको साध्य प्रमाणित गर्न सजिलो छ, न्यूटनको नियम घोक्न सजिलो छ, अंग्रेजीलाई नेपालीमा परिमार्जन गर्न सजिलो छ, तर मान्छेको मन बुझ्न चाँही त्यती सजिलो रैन रैछ– जती मैले सोचेको थिएँ ।

प्रिती फन्टका अक्षरहरु युनिकोड बनाउन जती सजिलो छ, त्यती नै अप्ठ्यारो छ बिगे्रको मान्छेलाई सज्जन बनाउन । यदि सजिलो हुदो हो त, प्रिती फन्टका अक्षरहरु माथील्लो बक्समा राखेर यहाँ थिचेपछि यूनिकोड बन्छ भनेजस्तै बिग्रेको मान्छेलाई माथिल्लो बक्समा राखेर सज्जन बनाउने बटन किन बनाउन सकेन गुगोलले ? दुनियाँमा रहेका हरेक चिजको खोज तलास गर्ने गुगोल इन्जिनले छुट्टीएर गएको मान्छे कहाँ गयो भनेर चाँही किन पत्ता लगाउन सक्दैन होला ? मलाई जस्तै उसलाई मेरो याद आउँछ कि आउँदैन होला भनेर किन खोज तलास गर्न सक्दैन होला ? बढो अजिव लागेर आउँछ ।

यो मान्छे अरुको प्रगती देख्नको लागि बाँचेकै हैन रैछ, बरु यसले त कसैले प्रगती गरिहाल्यो भने पनि खतम आलोचना गरेर त्यो मान्छेलाई बिफल बनाउन खोज्दो रहेछ । आफ्नो असफलताको लागि अरुलाई दोष दिन हामीलाई हाम्रै घरले सिकाउँदो रहेछ, कसरी भन्नुहोला– सायद धेरै जसोको बाल्यकालमा यस्तो घटना घटेको हुनपर्छ । जस्तो की जब हामी बच्चा थियौँ, त्यो बेला कहिलेकाँही हिड्दा हिड्दै भूँइमा लड्थ्यौँ, तब रोइरहेका हामीलाई सम्झाउन आमाले जुन ठाउँमा हामी लडेका थियौँ त्यही ठाउँमा थु थु गर्दै मेरो बाबुलाई लडाउने दुष्ट तँ होइनस् भन्दै लात्तिले भूँइमा कुल्चिन्थीन् । अनी हामी रुन बन्द गरेर सोच्थ्यौँ ‘ए मलाई लडाउने त भूँइ पो रहेछ ।’ आमाले नै गरेको भएपनि यो काम चाँही मलाई चित्त बुझेन । किनकी कुनै मान्छे लड्नुमा भूँइको दोष नभइ हिड्ने मान्छेको दोष हुन्छ, मलाई त्यस्तै लाग्छ । त्यसैले यो सधै सोच्ने गर्नु, अरुलाई एउटा औँला ताक्नु अघि चार ओटा औँला आफैतिर फर्किएका हुन्छन् । हो सोचौँ एकपटक ध्यान पुर्वक सोचाँै, एउटा निर्जीव ढुङ्गा त कुनैबेला काम लाग्छ भने अझ बिनासित्ती आफ्नै मान्छेसँग झगडा गरेर कसैले केही लछारपाटो लाउने वाला छैन, पछि दुख आफैलाई हुने हो ।

कति बाँचिन्छ र जिन्दगीमा, लालच गर्नु ।
नखुल्ने ढोकामा किन, घच–घच गर्नु ।।
अरुलाई रुवाएर, हुनेवाला के छ र...
जे गर्नु सधै सधै, सच गर्नु ।।

((बाँचीन्छ र कति कति, टुक्रिएर रहरमा............))

अगाडी बढ्ने बाहानामा धेरै मान्छेहरु आफ्नै जिन्दगी बाँच्न बिर्सीएका छन्, त्यसैले जीबन देखी कहिलै भाग्नु हुन्न । चाहे जती सुकै छिटो छिटो होस, चाहे जती सुकै हतार हतार होस, चाहे जति सुकै तनावपूर्ण तरिकाले किन नहोस, आजसम्म मैले देखेजती कोही पनि मान्छे आफ्नो चिहानभन्दा पर पुगेको छैन । जब मान्छे आफ्नो छायाँलाई बदल्ने कोषिश गर्छ, तब यस कार्यमा उ शत प्रतिशत असफल हुन्छ, पहिला आफैलाई बदल्नुस छायाँ आफै बदलिन्छ । तँपाई छायाँको पछि पछि दौडनुहुन्छ छायाँ झन झन टाढा टाढा भाग्छ, छायाँको पछि दौडन छौड्नुस त्यो तँपाइकै नजिक रहन्छ । मैले कतै पढ्को वाक्य हो यो, हुन त वाक्य पढ्न र सुन्न जस्तो सजिलो छैन जिन्दगी परिवर्तन गर्न ।

बुढापाकाहरु भन्थे, ‘‘कि मान्छेले पढेर बुझ्छ, कि परेर बुझ्छ’’ पढ्नु भनेको सिक्नु हो, पर्नु भनेको भाग्नु हो । सिक्नु र भोग्नुमा यही अन्तर छ जसरी काम नलाग्ने थोत्रा बाक्यहरु लेखेर म तँपाईलाई सुनाइरहेछु, यो त एकैछिनको मनोरञ्जन मात्रै हो, क्रिकेट र फुटवल खेलको मनोरञ्जन जस्तै, नहेर्दै के हो के हो– हेरेपछि सकियो । यस्तै हो, जब तिमी कसैलाई जगाउन खोज्छौ, व्युझाउन खोज्छौ उनीहरु तिमीलाई मन पराउँदैनन् । निन्द्रा बिथोलेको आरोपमा तिमीले कुटाइ पनि खानुपर्ने हुन सक्छ, गल्ती औल्याइदिनु र ज्ञान बाँड्नु पनि अरुलाई व्युझाउनु जस्तै हो, यो काममा पनि सधै जस नमिल्न सक्छ ।

कसै गरेपनि सुखै छैन, नबोल्यो लाटो भन्छन्, थोरै बोल्यो घुसघुसे भन्छन्, ठिक्क बोल्यो गम्भिर भन्छन्, बढि बोल्यो कुरौटे भन्छन् । कसै गरेपनि मान्छेको नजरमा राम्रो बन्न सकिएन, न त प्रेम गर्न नै जानियो । फोन गरेन बिर्सियो भन्छन्, थोरै गर्यो शंका गर्छन्, ठिक्क गर्यो माया पुगेन भन्छन् र धेरै गर्यो दिक्क बनायो भन्छन् । लौन म के गरुँ, किन हरेक मान्छेहरु आलोचना मात्रै गर्छन्, कुनै पनि कुरा जानेको छु भन्नु बेकार हो– यदि त्यसलाई व्यवहारमा लागु गरिदैन भने, बास्तिविक ज्ञान व्यवहारले देखाउँछ, बोलिले होइन । जसलाई जानेको छैन भन्ने थाहा हुन्छ उसले सिक्न सक्छ तर जसमा नजानेर पनि जानेको छु भन्ने भ्रम हुन्छ नी त्यसले कदापी सिक्न सक्दैन । एउटा मैनबत्ती जल्न समय लाग्छ, जब एउटा मैनबत्ति जल्छ त्यसले हजार मैनबत्ति जलाउन सक्छ । हेर्नुस मैनबत्ति आगो हो यसले शरिर जलाउला तर मन जलाउन सक्दैन, तर प्रेम कुनै आगो होइन, न त कुनै आगोको झिल्का हो तर यसले हजारौँ मान्छेको मन जलाउन सक्छ । हो आज यस्तै भइरहेछ.........

अनुहार राम्रो होइन, उसको आनी बानी हुने हो ।
आफ्नो घमण्डले आफैलाई, हानी हुने हो ।।
यो मान्छेले यति, सजिलै बिर्सीरहेछ....
म जलेर एकदिन, खरानी हुने हो ।।

((आकाश छोप्ने कालो बादल, मेरै लासको धुवाँ बन्ला...............))
LIVE:

BBC Nepali Sewa

Follow me On Twitter

Nametine Yad Facebook Page

Listen Nametine Yad Episode 100

Listen Nametine Yad Last Episode

Date Conveter


Powered by © nepali date converter